सम्बाहाम्फेको कटेरोमा आगलागी हुदाँ ७ लाख बढीको क्षति

दमक,२९ कार्तिक । दमक -१ संगम चौंकस्थित गुमानसिंह सम्बाहाम्फेको कटेरोमा आगलागी हुदाँ ७ लाख ५० हजार मूल्यको धनमाल क्षति भएको छ । आइतवार विहान ५वजेतिर घर नजिकैको कटेरोमा आगलागी हुदाँ उनको १३ वटा च्याब्रुङ ,लिम्बूका गरगहना, लुगाफाटा,दराज,अन्नपात गरि उक्त मूल्य बराबरका भौतिक सामाग्रीहरु जलेर नष्ट भएको हो ।
सम्बाहाम्फेकै अगुवाईमा त्यहाँ चुम्लुङ दमक अन्तर्गत लिम्बू सांस्कृतिक परिषदको कार्यालय स्थापना गरिएको थियो । पीडित सम्बाहाम्फेका अनुसार काठपात,बाँस लगायतका संरचनाबाट निर्मित कटेरोमा विहान पख अचानक आगलागी भएको थियो । कटेरामा भण्डारण गरिएका अन्नपात, च्याब्रुङ वाजा, च्याब्रुङ नाँचिदा लगाईने गरगहनाहरु, वेषभूषाहरु जल्न पुगेको थियो । उनले च्याब्रुङ टोली तयार गरि व्यवसायिक रुपमा सेवा दिदैआएका थिए ।
आगलागी कसरी लाग्यो पहिचान हुन सकेको छैन् । आगलागी बारुणयन्त्र ,स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीका घटनाका बारेमा इलाका प्रहरी कार्यालय दमकमा लिखीत जाहेरी दिएको उनले बताए ।
पूर्व भारतीय सैनिक सामाजिक अगुवा सम्बाहाम्फे लिम्बू जातिय संस्था किरात याक्थुङ चुम्लुङ दमकका पूर्व नगर अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् भने आधा दर्जन जति लिम्बूजन्य सामाजिक संघंस्थाहरुमा आवद्ध रहि  क्रियाशील छन् ।

Leave a Reply

Your email address will not be published.