झापा,३० कार्तिक । किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको नयाँ नेतृत्व चयन भएको छ । चुम्लुङ, दक्षिण कोरियाको हालै सम्पन्न ऐतिहासिक चौधौँ महाधिवेशनले बिरेन तुम्खेवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा अमित नेम्वाङ,उपाध्यक्षहरुमा डि.बी. योङहाङ,
राजन सौदेन, घनेन्द्र केरुङ, ऋतु सङ्मी, रुबिना आङ्बो,मिलन फुदुङ, प्रमेश मादेन,महासचिवमा महेन्द्र हाङसरुम्बा चयन भएका छन् । त्यसैगरि, समितिको सचिवमा इन्द्र केरुङ,सहसचिवमा सर्वण कुमार तुम्बापो, कोषाध्यक्षमा बुद्धिबल थोक्लेन र सहकोषाध्यक्षमा समीर योङहाङ निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरि, कार्यसमिति सदस्यहरूमा सागर खजुम,यमुना इजम, सम्झना माङ्मु, निर्मल नेम्वाङ, मक्खु योङहाङ, विप्लव तुम्बापो, मिथुन तुम्बापो,युवराज लिम्बू,राजन सम्बाहाम्फे,प्रभात साँवा लिम्बू,नुगेन आङदेम्बे,डिकेन्द्र लिम्बू, निश्चल तुम्खेवा,बिर्खमणि नाल्बो,कृत्तराज तुम्वाहाङ्फे,ओमी सुयन लाबुङ, जेम्स तुम्खेवा, बलिहाङ फियाक, सलोन लिम्बू सुजाता केदेम,जानु मादेन लिम्बू, बबिता सङ्मी र मिस्टेक अञ्जान लिम्बू चयन भएका चुम्लुङ दक्षिण कोरियाका पूर्व अध्यक्ष सुन्दरदीप आङदेम्बेले बताए ।