झापामा मृत भेटियो दाह्रे हात्ती

झापा,३१ भदौं । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीको पहलेधापको धानखेतमा दाह्रे हात्ती मृत अवस्थामा फेला परेको छ। सुकेनिन्दा खोलाको किनारमा रहेको धानखेतमा बुधबार बिहान स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।
मृत हात्तीको अवस्था र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ ।
घटनास्थलको प्रारम्भिक निरीक्षणपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ । मानव–हात्ती द्वन्द्वका दृष्टिले संवेदनशील मानिने बाहुनडाँगी क्षेत्रमा हात्ती मृत भेटिएपछि स्थानीयसमेत घटनाबारे चासोमा छन्।

Leave a Reply

Your email address will not be published.