दमक,३१ भदौं । दमकमा यहि असोज १५ गतेदेखि कोशी प्रदेश जिल्ला स्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज प्रतियोगिता- २०८३ हुने भएको छ ।दमकमा फूटवल खेलको सुस्तता भईरहेकाले यसको जागरणमा सहयोग पुरयाँउन उद्देश्यले दमक भेट्रान फुटबल क्लबले पहिलो पटक कोशी प्रदेश जिल्ला स्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कपको आयोजना गर्ने भएको क्लवले जनाएको छ ।
दमक–२ बेलडाँगी खेलमैदानमा आयोजना हुने प्रतियोगितामा कोशी प्रदेशका १२ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । दमकमा बुधबार पत्रकार सम्मेलन गरि खेलको तयारीका बारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष गजेन्द्र देवानले दमकमा फुटबलको गतिविधिलाई बढाउन र फुटबल खेलमा नयाँ प्रतिभा खेलाडीहरु उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता भव्य रुपले सम्पन्न गर्न आवश्यक तयारी धमाधम भईरहेको उनले बताए । प्रतियोगितामा बिजेताले रु एक लाख र उप बिजेताले रु ५१ हजारसहित शिल्ड, मेडल र ट्रफी हात पार्नेछन् भने विद्यागत उत्कृष्ठ खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरिने छ।
प्रतियोगिता सम्पन्न गर्न रु ७ लाख खर्च हुने अनुमान गरिएको छ । यसका लागि स्वदेश तथा विदेशमा बस्ने मनकारीहरुसंग सहयोग प्राप्त हुने अपेक्षा गरिएको अध्यक्ष देवानले बताए । माया कार्यक्रममा रेफ्री तथा प्रशिक्षक कुमार गिरीसहित क्लबका पदाधिकारी तथा सदस्यहरु सञ्चारकर्मीहरु, भेट्रान खेलाडीहरूको उपस्थिति रहेको थियो।