दमक,२६ भदौं । दमक -८ स्थित पूर्वाञ्चल मन्टेश्वरी इङ्लिस स्कुलले भोटेकोशी बाढी प्रभावित तथा पीडित परिवारको राहत तथा पुर्नास्थापनाका लागि ४४ हजार ४४४ रुपैया सहयोग प्रदान गरेको छ ।
विद्यालयले विपद्को यस कठिन घडीमा बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग स्वरुप उक्त सहयोग प्रदान गरिएको विद्यालयका संस्थापक माधव भट्टराईले बताए ।
विपद्का समयमा पीडितलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको प्रिन्सीपल सविता पोख्रेलले बताईन्। विद्यालयले आफना शिक्षक,कर्मचारीहरु र आम विद्यार्थीहरुबाट सहयोग जुटाएर उक्त राहत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको प्रिन्सीपल पोख्रेलले बताईन् ।
रेडक्रस कमलको १५ हजार सहयोग
नेपाल रेडक्रस सोसाईटी कमल पालिका शाखाले भोटेकोशी बाढीपीडतहरुको राहत तथा पूर्नास्थापनाका लागि १५ हजार रुपैया सहयोग पठाएको छ । रेडक्रस सदस्यहरुबाट संकलित उक्त सहयोग रकम हालै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको सभापति चन्द्र साहले बताए ।
यायोक्खा कमलको १८ हजार बढी सहयोग
किरात राई यायोक्खा कमलले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहतका लागि १८ हजार ९ सय ७५ रुपैया सहयोग उपलव्ध गराएको छ । यायोक्खा कमलका अध्यक्ष हरि राईका अनुसार कमल भित्रका राई समुदाय तथा शुभेच्छुकहरुबाट स्वेच्छिक रुपमा सहयोग जुटाएर संकलित सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो । यायोक्खाले सामाजिक उत्तरदायित्व अन्तर्गत विपतमा थोरैभएपनि राहत पुरयाँउन सहयोग जुटाइएको उनले जनाएका छन् ।