दमक ,१७ भदौं ।दमक- ८ स्थित पतञ्जली योग साधना केन्द्र अन्तरगत रहेको अर्गानिक योग साधना केन्द्रले शनिवार आफनो प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
दमक ८ का वडाअध्यक्ष धर्मप्रसाद दहाल (दिपेश )को प्रमुख आतिथ्यतामा भएको साधारणसभामा पतञ्जली योग समितिका प्रदेश, जिल्ला र नगर गाउँ समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश सदस्य मिना काईराला, जिल्ला महामन्त्री सुशील निरौला,जिल्ला सदस्य हरि पाठक, महिला समिति झापाकी अध्यक्ष प्रेमकला निरौला, दमकका अध्यक्ष दुर्गाप्रसाद भण्डारी, उपाध्यक्ष किरण उप्रेती,सह महामन्त्री शेखर अधिकारी,संगठन मन्त्री कुमार खनाल,महिला समिति दमक नगर अध्यक्ष उमा पाठक, कमल गाउँपालिकाका युवा संयोजक धनश्याम प्याकुरेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नियमित उपस्थित भई साधना गर्ने विन्दा सिटौला, ज्येष्ठ साधक तारानिधि मिश्र, उत्कृष्ठ साधकका रुपमा अमृतबहादुर नेम्बाङ्ग र उत्कृष्ठ साधिकाका रुपमा हिमा तिवारीलाई सम्मान गरिएको थियो ।
यसरी नै साधना केन्द्रलाई सहयोग पुर्याउने साधक साधिकाहरु बिक्रम शाह, बिजय शाह, केशव कार्की, संजय शाह, रोजी मण्डल, हरि अधिकारी, तोर्ण बस्नेत, लालबहादुर सापकोटा लगायतलाई समेत सम्मान गरपएको थियो ।
कार्यक्रममा यज्ञ होमादी, नृत्य,कविता र नाटक समेत प्रस्तुत गरिएको थियो । अर्गानिक साधना केन्द्रका अध्यक्ष उमेश घिमीरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष हरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गंगाप्रसाद सेडाईले गरेका थिए ।