सरस्वती माविका दश विद्यार्थीलाई रोटरी छात्रबृति पुरस्कार

दमक ,१७ भदौ । आफना दिवङ्गत माताको स्मृतिमा दमकका न्यौपाने परिवारद्धारा रोटरी क्लव अफ दमकमा स्थापना गरिएको अक्षयकोषबाट यसवर्ष दमक- ९ स्थित सरस्वती माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार १० जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।
आइतवार विद्यालयमा एक कार्यक्रम गरि ती विद्यार्थीहरुलाई नगद, पाठयसामाग्री र स्कुल झोला प्रदान गर्नुका साथैं विद्यालयलाई विभिन्न पठनीय पुस्तकहरु पनि हस्तान्तरण गरिएको हो । रोटरी लगायतका विभिन्न सामाजिक कार्यमा सक्रिय दमककै पूराना होमियो चिकित्सक डा. लेखनाथ न्यौपानेसहित उनका दाजुभाईहरुले दमक रोटरीमा आफना दिवंगत आमा महेश्वराको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।
सोहि अक्षयकोषबाट प्राप्त हुन आएको व्याजबाट रोटरीको संयोजनमा छात्रवृति वितरण गरिएको दमक रोटरीका पूर्व अध्यक्ष सन्दीप चापागाई (दिपु) ले बताए ।
दमक ९ का वडा अध्यक्ष कुबेर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा महेश्वराका छोरा डा. न्यौपाने,दमक रोटरीका अध्यक्ष विक्रमकुमार साह,पूर्व अध्यक्ष सन्दिप चापागाईं (दिपु) लगायतका वक्ताहरुले सामाजिक कार्यमा न्यौपाने परिवारको योगदानको चर्चा गरिएको थियो ।

छात्रवृति हस्तान्तरण कार्यक्रममा दिवंगत इश्वराका श्रीमान छविराम न्यौपानेसहित परिवारका सदस्यहरु,रोटरी सदस्यहरुको उपस्थिति रहेको थियो । सो छात्रवृतिबाट बर्षेनी दमकका सामुदायिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई यसरीनै पुरस्कृत गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.