दमक,२७ कार्तिक । देव्रे आँखाको ट्युमर क्यान्सरबाट पीडित बनेकी झापा, दमक-१ की ६ वर्षीया बालिका एन्जिलिका लिम्बूलाई उपचार गर्ने रकम नहुदाँ ओछ्यानमा थलिन बाँध्य भएकी छन्। समयमै उपचार गर्नुपर्ने भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या भइरहेको छ ।
दमक –१ स्थित डी टाउन नजिकै मामा चोक–हिमालय माध्यमिक विद्यालय जाने सडकमा भाडाको कोठामा डेरा गरि बस्दै आएका दीपक लिम्बू र सुमित्रा राईकी छोरी एन्जिलिकाको आँखामा दुई महिनाअघि सानो फोकाजस्तो देखिएको थियो। सुरुमा सामान्य समस्या ठाने पनि परीक्षणका क्रममा आँखामा ट्युमर देखिएको र पछि क्यान्सर भएको चिकित्सकले पुष्टि गरेको परिवारले जनाएको छ।
छोरीको उपचारका लागि बिर्तामोड र भद्रपुरका विभिन्न अस्पताल पु¥याउँदा परिवारले आफ्नो भएको सम्पत्तिसमेत खर्च गरिसकेको आमा सुमित्राले बताइन्। तर, उपचार अझै पूरा नभएकाले थप ठूलो रकम आवश्यक परेको उनको भनाइ छ ।
पेसाले मिस्त्री रहेका एन्जिलिकाका बुबा दीपकको दैनिक ज्यालाबाट घरखर्च चलाउनै मुस्किल छ । आमा सुमित्रा भने छोरीको हेरचाहमा घरमै बस्दै आएकी छन्। तीन वर्षका भाइसमेत रहेकी एन्जिलिका अहिले उपचारको पर्खाइमा छिन्। उपचार गर्ने रकम जोहो नहुदाँ विरामी ओछ्यानमै थलिन बाँध्य भएकी उनको आमा सुमित्राको दुखेसो छ । भन्छिन्, –‘विरामी छोरीलाई हेरेर टुलु्टुलु हेर्नको बिकल्प छैन्, उपचार गर्ने रकम नहुदाँ मृत्यु पर्खनु पर्ने अवस्था बनेको छ ।’ उनले छोरीको जीवन बचाईदिन सवैसंग याचना गरिआएकी छन् ।
कलिलो उमेरमै गम्भीर रोगसँग जुधिरहेकी एन्जिलिकालाई समयमै थप उपचार गराउन टोलबासीले खर्च जुटाएर आएपनि खर्च लाग्ने रकम जोहो नहुदाँ उपचारमा समस्या झेल्दैआएका छन् ।