कोरोना संक्रमणबाट रेडियोका पत्रकार शिवाकोटीको निधन

दमक,३ भदौ । कोरोना संक्रमणबाट दमकस्थित रेडियो झापाका स्टेशन म्यानेजर पत्रकार गणेश शिवाकोटीको निधन भएको छ ।
कमल गाउँपालिका ५ वरपिपल चौक निवासी ५३ बर्षिय शिवाकोटीको आज साँझ ६ वजे आम्दा अस्पताल दमकमा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालका डा.शिखर कट्टेलका अनुसार कोभिड संक्रमण भएर एक साता देखि उनको भेन्टिलेटरमा राखेर उपचार गरिदैआएको थियो ।
उनी बुबा,आमासहित श्रीमती र दुई छोराका साथ केहि बर्षदेखि कमल ५ मा स्थायी रुपमा बसोबास गरिआएका थिए । उनले लामोसमय काठमाडौ र मोरङको विराटनगरमा बसेर पत्रिका र रेडियोमा काम गरिआएका थिए ।
यसैवीच मृतकको शव भोलि शुक्रवार विहान १० वजे कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.