कोभिड महामारी : खोपको राजनीति

विश्व हाल कोरोना महामारीको चपेटामा गुज्रिरहेको छ।संसारभरि कोरोना भाइरसले धेरै मानिसको ज्यान लिईसकेको छ।कोरोनाको कारण विश्वको उद्योग,व्यापार,पर्यटन,शिक्षा र रोजगारीमा ठूलो संकट सृजना भएको छ। कोरोनालाई जित्न संसारभरि अनेकन उपायको खोजी कार्य जारी राखिएको छ। ।महामारीका कारण अकालमा लाखौं लाख मानिसले ज्यान गुमाइरहेका छन्।
कोरोना भाइरस सर्वप्रथम चीनको बुहान सहरमा सन् २०१९ को अन्त्यमा देखा परेको थियो। बुहान सहर चीनको एक व्यस्त सहर हो जहाँ एक करोड १० लाख मानिसको बसोबास छ। बुहान सहरमा सन् २०२१ को जनवरीमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टि भएको समाचार चीनको राष्ट्रिय समाचार एजेन्सी सिन्हाले प्रकाशित गरेको थियो।चीनको बुहान सहर कोरोनाको उदगम स्थल भएको पुष्टि भए पछि विश्व स्वास्थ्य संगठनको एक अनुसन्धान टोली बुहान पठाएको थियो।लामो अनुसन्धान पछि विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्पति बुहानबाट नै भएको प्रष्ट पार्यो र त्यसको निर्दिष्ट ठाउँ पत्तो लगाउन विश्व स्वास्थ्य संगठनले आफ्नो अनुसन्धान अगाडि बढाउने निर्णय गर्यो तर चीनले विश्व स्वास्थ्य संगठन उक्त स्थानमा अनुसन्धान लाई थप अगाडि नबढाउन निर्देशन गर्यो र अनुसन्धान गर्न रोक लगायो।

सन् २०१९ मा देखापरेको कोरोना भाइरसले संसारका सबै राष्ट्रलाई घाइते पारेको छ।संसार भरिका मानिसलाई आतङ्कित पारेको छ।संसारको विकास निर्माणलाई नै घायल पार्दै यसको रोकथामको उपायको खोजीमा विश्वलाई अग्रसर गराएको छ।
कोरोनाले संसारलाई आतङ्कित पारी रहेको यो विषम परिस्थितिमा संसारका शक्ति राष्ट्रहरु यही महामारीलाई आफ्नो व्यापार वृद्धिको अवसरको रूपमा लिएको देखिएको छ।भाइरसको रोकथामको लागि आवश्यक स्वास्थ्य सामाग्री माक्स, पीपीई लगायतका सामाग्री उत्पादन गरी विश्व बजारमा आफ्नो व्यापार व्यवसाय वृद्धि गर्न विकसित राष्ट्रहरू सक्रिय भएको पाइएको छ।लामो अनुसन्धान र खोज पछि भाइरसको रोकथामको लागि विकसित राष्ट्रहरूले खोपको आविष्कार गरेका छन्।चीनले पनि भाइरस विरुद्धको खोपको अविष्कार गरेको छ।चीनले संसारका देशहरूलाई खोपको माध्यमबाट आफ्नो अनुकुल बनाउने कुटनैतिक रणनिती अघि बढाएको छ। चीनमा अध्ययन गर्न जाने बिध्यार्थीहरु र चीन प्रवेश गर्ने पर्यटकलाई चीनमा नै निर्मित खोप लगाएको हुनु पर्ने भनी बाध्यकारी नियम बनाएको छ र यो नियमले संसारबाट चीन अध्ययन गर्न जाने बिध्यार्थी र अन्य कामको लागि चीन जाने मानिसलाई मानसिक दबाब परेको छ। गरीब देशलाई सुरु सुरुमा अनुदानमा खोप उपलब्ध गराउने र पछि त्यो अनुदानको खोपको मूल्य समेत को लागत भरपूर हुने गरी खोपको लागत कायम गरी गरीब राष्ट्र लाई घुँडा टेकाउने नीति लिएको जानकारहरूको विश्लेषण छ।खोपको माध्यमबाट अप्रत्यक्ष रुपमा विश्व अर्थतन्त्र आफ्नो अनुकुल बनाउन चीन अहोरात्र सक्रिय रहेको बुझिएको छ।
विश्वका विकसित राष्ट्रहरू कोरोना भाइरसलाई अवसर र चुनौतीको रुपमा लिँदै खोपको माध्यमबाट विश्व अर्थतन्त्र आफ्नो अनुकुल बनाउन सक्रिय भएको सर्वत्र अनुभूति गरिएको छ। दमक -झापा

Leave a Reply

Your email address will not be published.