‘कांग्रेस महाधिबेशन तोकिएको समयमा हुनुपर्छ ’


दिलबहादुर बुढाथोकी : दमकको राजनीतिक ,व्यवसायिक तथा सामाजिक क्षेत्रमा चिनिएको नाम हो । दमकलाई लामोसमयदेखि कार्यथलो बनाउदै आएका उनी नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । यसअघि कांग्रेस दमकको सचिव,कार्यवहाक सभापति ,महाधिवेशन प्रतिनिधि हुदै दोश्रो कार्यकालको महासमिति सलस्यको जिम्मेवारी सम्हालि आएका छन् । दमक ८ निवासी युवा नेता बुढाथोकी जिल्लाको माइपश्चिमी क्षेत्रको पार्टी संगठन भित्र प्रभावशाली छविका रुपमा मानिन्छन् ।
पार्टीको आसन्न १४ औ महाधिबशनमा आफूले पनि पार्टी संगठन बलियो बनाउन आन्तरिक तयारीमा जुटेको बताउँछन् । प्रस्तुत छ : उनीसंग पार्टी महाधिशेनको सेरोफेरोमा गरिएको कुराकानी ।

–हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
नेपाली कांग्रेसको संगठन निर्माण, पार्टी कार्यकर्ताहरुसंग भेटघाट यस्तै नियमित गतिविधिमा क्रियाशील रहिआएको छु । त्यस्तै, आसन्न १४ औ महाधिबेशनको सन्दर्भमा समेत आवश्यक कार्यको तयारीमा केन्द्रीत छु ।
तोकिएको समयमा महाधिबेशन होला त ?
केहिदिन मिति हेरफेर भए पनि महाधिबेशनबाट पार्टी टाढा रहन सक्दैन् । तर, महाधिबेशन समयमानै हुनुपर्छ । देशैभरिका पार्टी कार्यकर्ताहरुले महाधिबेशन सम्बन्धी आवश्यक तयारी गरिसकेको अवस्थामा महाधिबेशन तोकिएको समयमानै भएन भने आम कार्यकर्ताहरुमा राम्रो सन्देस जादैन् । म त भन्छु , अव त महाधिबेशन यतिकै रोकेर रोक्ने अवस्था देख्दिन ।

…………………………………………………………………………………………..

सरकारले गर्ने हरेक काम अवसरसंगै चुनौती छन् भन्ने लाग्छ । सरकारमा आउनु र जानु स्वाभाविक प्रकृया हुन् तर सरकारले देश र जनताको जनजीविकाको सवालमा के के काम गरे भन्ने परिणामप्रति भने निश्चय नै गंभीर बन्नु पर्छ ।मुलुक यतिखेर कोरोना भाइरसको चपेटामा छ , जसले गर्दा देशको समग्र अवस्था आक्रान्त रहेको भन्दा अन्यथा नहोला । यो सरकारको पहिलो दायित्वनै नागरिकको जीउज्यानको सुरक्षा गर्नु नै हो । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको नेतृत्व गर्न साथ सम्पूर्ण नेपालीलाई समयमानै कोभिड बिरुद्धको खोप दिने प्रतिवद्धता जनाउनुभएको र त्यसपछि यतिखेर देशैभरि खोप कार्यले तीव्रता पाएको छ । यसले पनि एक ढंगले यस सरकारले सफलता प्राप्त गर्ने छ भन्ने आशा पलाएको छ ।

………………………………………………………………………………………


झापामा महाधिबेशनको चहलपहल कस्तो छ ? पार्टी गुटउपगुटको चर्चा पनि हुने गरेको छ नी होइन् ?
सामान्यतया महाधिबेशनको राप बढिरहेको अवस्था हो वेला । तर तोकिएको समयमा जिल्ला , गाउँ,नगर,क्षेत्रीय ,प्रदेश अधिबेशन प्रभावित भएपछि आन्तरिक पार्टी निर्वाचन अहिले थोरै प्रभावित बन्न पुगेको छ ।
जिल्लासंगै प्रदेश ,क्षेत्रीय तथा गाउँनगरको नेतृत्वमा धेरै साथीहरुले आफनो आकांक्षा यसअघि सार्वजनिक गरिसकेका छन् । यसले पार्टी भित्र पक्कै उर्जा दिएको मैले ठानेको छु ।
हामीलाई लाग्छ, नेपालको पूर्वबाट कांग्रेसको महाधिबेशन लक्षित निर्वाचन सफलता पूर्वक सम्पन्न गराउन सक्ने विश्वास लिएका छौं । यहाँको पार्टी अधिबेशनले सुदुरपश्चिम महाकालीसम्मका आम कार्यकर्तालाई थप उर्जा दिने छ । जहाँसम्म गुटउपगुटको कुरा महाधिबेशनमा आउनु स्वाभाविक पनि हो । यसले पार्टीलाई असर गर्देन र गर्नुहुदैन पनि । नेतृत्वमा कसैको गुट वैचारिक विषयले केन्द्रीत हुने हुदाँ त्यसले पार्टी कमजोर होइन थप बलियो बनाउन सहयोग पुग्ने छ जस्तो लाग्छ ।। झापामा पनि प्रष्ट यस्ता गुट छन भन्ने सवैलाई छदै छ नी होइन ?
–महाधिबेशनको मुख नजिक कांग्रेस सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ ? यसलाई कसरी लिनुभएको छ ?
यो अवस्था नेपाली कांग्रेसले चाहेर भन्दा पनि संकटको समयमा मुलुकलाई निकास दिनै पर्ने बाँध्यताले आइलागेको जिम्मेवारीका रुपमा बुझनुपर्छ । विगतमा पनि अन्य दलहरुको नेतृत्व सरकारमा भएका बेला गर्न नसकेका काम कांग्रेस नेतृत्वको सरकारले मात्र गनृ सकेको उदाहारणहरु प्रशस्त छन् । संविधान जारीदेखि माओवादीलाई शान्ति प्रकृयामा ल्याउन कांग्रेसले नै पहलकदमी गर्नुपरेको यर्थाथता हामीसंग ताजै छ । जहाँसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारको बिकल्पमा यो सरकार दलीय नेतृत्वको अगुवाईमा निर्माण गर्नुपरेको हो । ओलीले कुनैपनि हालतमा सरकार टिकाउने अभिलासाले गैरसंविधान कृयाकलापहरुलाई बढवा दिदै गएको,अंहवादी सोच र हिंसामुखी राजनीति विकृति रोक्नका लागि पनि कांग्रेसको नेतृत्वमा यो सरकार बन्न पुगेको हो ।
प्रतिनिधिसभा विघटन विरुद्ध बहुमत सांसदहरुको विश्वासबाट निर्माण भएको यो सरकारले संविधान कार्यान्वयनसंगै शान्ति , विकास र समृद्धिका कामलाई दलीय सहमति अनुरुप पूरा गराउन साझा उदघोष गरेकाले पनि आशाको किरण छाएको छ ।
वर्तमान सरकारका चुनौती अवसरहरु के के देख्नुभएको छ ?
सरकारले गर्ने हरेक काम अवसरसंगै चुनौती छन् भन्ने लाग्छ । सरकारमा आउनु र जानु स्वाभाविक प्रकृया हुन् तर सरकारले देश र जनताको जनजीविकाको सवालमा के के काम गरे भन्ने परिणामप्रति भने निश्चय नै गंभीर बन्नु पर्छ ।
मुलुक यतिखेर कोरोना भाइरसको चपेटामा छ , जसले गर्दा देशको समग्र अवस्था आक्रान्त रहेको भन्दा अन्यथा नहोला । यो सरकारको पहिलो दायित्वनै नागरिकको जीउज्यानको सुरक्षा गर्नु नै हो । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको नेतृत्व गर्न साथ सम्पूर्ण नेपालीलाई समयमानै कोभिड बिरुद्धको खोप दिने प्रतिवद्धता जनाउनुभएको र त्यसपछि यतिखेर देशैभरि खोप कार्यले तीव्रता पाएको छ । यसले पनि एक ढंगले यस सरकारले सफलता प्राप्त गर्ने छ भन्ने आशा पलाएको छ ।
यससंगै अव सरकारले समग्र देशको मुहार फेर्नसाझा लक्ष्य तय गर्नुपर्छ । संक्षेपमा भन्नुपर्दा यो सरकारले वीपीको सोत ,चिन्तन अनुसारको विकास र सहकार्य बढाउदै अघि बढ्नु पर्छ भन्ने मेरो आग्रह पनि छ ।
–पछिल्ला दिनहरुमा कांग्रेसले प्रजातान्त्रिक समाजवादी बाटो भन्दापनि दलाल,नोकरशाही,पूंजीवादी बाटो तर्फ आफूलाई हिडाइरहेको छ भन्ने भनाई प्रति तपाईको दृष्ट्रिकोण के छ ?
त्यस्तो दोष छ र कांग्रेसलाई ? मलाई त त्यस्तो लाग्दैन् । सम्पूर्ण रुपमा मुलुकले विश्वास गरेको पार्टी ,मुलुक संकटमोचनको रुपमा नेपाली कांग्रेसलाई याद गर्ने गरिआएको पाएका छौं । जव देशमा संकट उत्पन्न हुन्छ ,त्यसवेला कांग्रेसमाथि नेपालका दलहरुसहित हरेक नेपालीको सद्भाव र भरोषा रहिआएको छ । त्यसकारणले यो ार्टी कांग्रेसजनको मात्र होइन,यो सम्पूर्ण देशकै पार्टी हो र जेठो पार्टि पनि हो भन्ने लाग्छ ।
त्यसैले कांग्रेसले बाटो विरायो ,माओवादीको पुच्छर लाग्यो भन्ने आरोप केवल मिथ्या मात्र हुन् । यतिलामो इतिहास र संघर्ष गरेको पार्टी हिजोकै लयमा छ, बाटो विराउदैन् भन्ने यहाँ प्रष्टयाउन जरुरी छ । कांग्रेसमा बैचारिक रुपमा अभिव्यक्ति स्वतन्त्रता रहेकाले पनि कुनै नेताले बोलेको कुरा प्रति विश्वास गर्न सकिने आधारहरु छैनन् । कांग्रेस लोकतन्त्र,संघीयता कार्यान्वयन गर्दे देशलाई समृद्धि बनाउने महान लक्ष्य प्रति एक इन्च पनि तलमाथि छैन् । प्रस्तुति : श्यामकृष्ण लम्साल

Leave a Reply

Your email address will not be published.