बृद्ध बुबाको हत्या गर्ने छोरा पक्राउ

धनकुटा ,११ भदौं । छोराको चिरपट प्रहारबाट धनकुटाको चौबिसे गाउँपालिका–७ ठुलो ढुङ्गामा विहिबार ७० वर्षीय बाबुको मृत्यु भएको छ । ३२ वर्षीय छोरा युवराज लिम्बूले काठको दाउरा (चिरपट) प्रहार गर्दा आफ्नै बुबा अन्दाजी ७० वर्षीय अमरध्वज लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।

बिहीबार बिहान करिब ५ः४५ बजे उनले बृद्ध बुबा माथि टाउकोमा चिरपट प्रहार गरेका थिए। घटनाबारे बिहान ६ः१५ बजे अस्थायी प्रहरी बिट मौनाबुधुकमा जानकारी प्राप्त भएको थियो। खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक जयप्रकाश राय र इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल खटिएको थियो।

घटनापछि फरार रहेका युवराजको खोजतलास गर्ने क्रममा बिहान करिब ८ः१५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फको जंगलमा लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.