दमक,१४ भदौं । नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ झापा -५ क्षेत्रीय समितिले शनिवार कमल–६ गेउरिया चोकमा आयोजना गरेको रक्तदानमा ६८ पिन्ट रगत संकलन भएको छ ।
संघका क्षेत्रीय अध्यक्ष गोपालबहादुर निरौलाको अध्यक्षता तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा २० महिलासहित ६८ जनाले रगतदान गरेका सचिव बलराम धिमालले बताए । रक्तदान कार्यक्रममा संघका झापा जिल्ला अध्यक्ष क्रान्तिबहादुर कार्की, क्षेत्रीय अध्यक्ष गोपालबहादुर निरौला, स्थानीय सिंहदेवी आधारभूत विद्यालयका अध्यक्ष रविन गुरुङ लगायतले रगतदान गरेका हुन् । गुरुङको रक्तदान यो ४८ औ पटक हो ।
संघका क्षेत्रीय सचिव धिमालका अनुसार रक्तदान नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग तथा रेडक्रस कमल पालिका शाखाको संयोजनमा भएको थियो ।
रक्तदान कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला नेउपाने, नेपाल रेडक्रस सोसाइटी दमकस्थित रक्तसञ्चार बिभागका प्रवद्र्धक सिदार्थ दाहाल, दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतबहादुर (जितु) धिमाल लगायतका सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।