राजनीतिमा केपी ओली र नयाँ सरकार

देशमा प्रजातन्त्र पछि राजनीति पार्टीको नेतृत्वमा धेरै समय सरकार चलिसक्यो र अझैसम्म पनि राणाकाल र पञ्चायती व्यवस्थाले तयार गरेका विकास स्तम्भको आडमा वा तिनैमा हामी रमाउनु परेको छ । जेनतेन तयार भएका पछिल्ला संरचनाहरु संरक्षणको अभाव र कमसल बनावटले गर्दा जिर्ण भैसकेका छन् । अब आगामी दिनमा यी सवै कुराबाट सचेत भएर सरकारले आफूले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गरिदियोस् ।

भरखरै निवर्तमान प्रधानमन्त्री के पी ओली ज्यूको संसद भित्रको सम्बोधन देशका लागि हितकर नै ठहरिने छ। नेता गणहरु लोकतान्त्रिक संस्कृति लाई छोडेर किन गठबन्धनको संस्कृति तिर लम्कनु भयो ? यसको उत्तर इतिहासको कुनै कालखण्डमा उहाँहरुले अवश्य दिनु पर्ने हुन्छ। महाधिवेशनले वनाएको पार्टी अध्यक्ष र संसदीय दलको नेताको हैसियतले बहुमत सांसदका अभिमतले बनेका प्रधानमन्त्रीलाई जबर्जस्ती सत्ताच्युत गराएर के उद्धेश्यका लागि अहिले को गठबन्धनको सरकारको आवश्यकता थियो ?


किन अर्को अधिवेशनसम्म पर्खिने आट गर्नु भएन नेताहरुले र आगामी संसदीय चुनाव सम्म धैर्य गर्न सक्नु भएन ? तपाईंले हार्दा तपाईंको पार्टी ले हार्छ भन्ने तपाईहरुलाई हेक्का हुदैन कहिलेकाही । तर तपाईका पार्टीका समर्थक र भोटरहरुलाई यो कुरा थाहा छ र तपाईंहरुलाई उनी हरुले कहिलै हराउने छैनन् । हराउँछन् त केवल तपाईं जस्ता खेलाडी आफूलाई ठान्ने तपाईका नजिकका कार्यकर्ता र धुपौरेहरुले । अव के पी ओलीका विषयमा कुरा गर्दा उनी त्यति ठुलो तानाशाह हुन् र ? धेरै पल्ट सत्ता बहिर्गमन सहज रुप मै गरे त , तथापि हामीले नै धेरै अड्कल बाजि गरेका थियौं कि के पी राजनीतिक खेलाडी हुन् र सजिलै सत्ता छोड्ने वाला छैनन् ,संकटकाल लगाउछन् र यी सव लाई थुन्छन्। तर ती सवै मिथ्या हुन् । पञ्चायती व्यवस्थाको चरम यातनामा १४ बर्ष राजबन्दी को रुपमा जेल जीवन बिताइरहदा व्यक्तिगत रुपमा उनलाई धेरै अफर आएको हुनु पर्छ। उनमा व्यक्तिगत स्वार्थ थियो भने त्यति लामो कठोर जेल जीवन बिताउनु पर्ने थिएन। यतिका त्याग र राजनीतक समर्पण भएका राज नेता मुलुकले अब पाउने छैन् । उनमा अझै पनि ईच्छा शक्ति अत्यन्तै तिब्र छ। ३,५ बर्षको अवधिमा देशले विकासको गति लिएको छ । अब देशले बामपंथीको नेतृत्वमा राजनीतिक स्थायित्व प्राप्त गर्ने छ र भोलिका दिनमा मुलुक सम्बृद्धि तर्फ उन्मुख हुनेछ भन्ने सपनामा तुसारापात भएको छ। होला केही सिमित व्यक्ति बाहेक उनले अरुको साथको आवश्यकता महशुस गरेनन् होला र त्यसै अनुरुप आफुलाई अगाडि बढाउदाको परिणामले आज यो स्थिति आएको हुन सक्छ । तर पनि संबैधानिक र राजनीतिक नियुक्तिमा संसदीय समितिले सिफारिस गरेका तथा शिर्ष नेताले पठाएका व्यक्तिहरुनै नियुक्ति भएको पाईएको छ।

हैन भने पनि त्यसैलाई कारण बनाएर यति ठूलो वितण्डा मच्चाएको हो भने यो ठूलो अभिसाप हुन सक्छ । शेर बहादुर जी प्रधानमन्त्री भएर अहिलेको परिस्थितिमा केही माखो मर्ने वाला छैन। किनभने कमाउ धन्दा मात्र मनसाय भएका र लोभी पापीको जमघटको समर्थन कुनै पनि वेला धरापमा पर्छसक्छ र तिनको ठेगान पनि हुदैन । तर पनि यस तर्फ सजक भएर प्रधानमन्त्रीले सफल नेतृत्व दिन सके फेरि हाम्रो कुनै टाउको दुखाईको विषय हुने छैन्। सर्वसाधारणले दैनिक उपभोग्य बस्तुमा सास्ती नपाउने अवस्था र मंहगी नियन्त्रण भै दिएमा तत्कालका लागि सरकारको ठुलो सफलता हुनेछ र हामीले त्यसमा अवश्य रमाउने पर्ने हुन्छ। हामीले धेरै विकास पनि खोजेका छैनौं किन भने देशमा प्रजातन्त्र पछि राजनीति पार्टीको नेतृत्वमा धेरै समय सरकार चलिसक्यो र अझैसम्म पनि राणाकाल र पञ्चायती व्यवस्थाले तयार गरेका विकास स्तम्भको आडमा वा तिनैमा हामी रमाउनु परेको छ । जेनतेन तयार भएका पछिल्ला संरचनाहरु संरक्षणको अभाव र कमसल बनावटले गर्दा जिर्ण भैसकेका छन् । अब आगामी दिनमा यी सवै कुराबाट सचेत भएर सरकारले आफूले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गरिदियोस् । हामी सवै नेपालीका लागि यहि हुनेछ शुभकामना । धन्यवाद । (लेखक : एभरेष्ट अंग्रेनी स्कुल दमकका सञ्चालक हुन् । )

Leave a Reply

Your email address will not be published.