कर तिर्ने अवधि थप गर्न दमक उवासंघको माग


दमक,२७ साउन ।
दमक उद्योग वाणिज्य संघले निषेधाज्ञाका कारण व्यवसायी मारमा रहेकाले अन्तः शुल्क वापतको कर तिर्ने अवधि थप गर्न माग गरेको छ । व्यवसायी घर भित्रै थुनिएर रहेकाले अन्तःशुल्क वापतको कर तिर्ने अवधि थप गर्नु पर्ने माग गरिएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताएका छन् । कम्तिमा असोज महिनासम्म म्याद थप गर्न माग गरिएको उनले जानकारी दिए ।
कोरोना रोकथाम तथा संक्रमण नियन्त्रणका लागि गत वैशाखदेखि हालसम्म पनि निषेधज्ञा जारी भएको र त्यसबाट प्रत्यक्ष रुपमा व्यापार व्यवसाय बन्द रहेको अवस्थामा अन्तशुल्क वापतको कर बुझाउन समस्या भएको संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले बताए ।
हालको निषेधाज्ञाका कारण व्यवसायीहरुलाई मर्का परेको भन्दै संघले २०७८ साल असोज मसान्तसम्म थप गर्नका लागि आवश्यक व्यवस्था मिलाई दिन दमकस्थित आन्तरिक राजश्व कार्यालयसंग लिखित रुपमा माग गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.