दमक ,२२ असोज । नेपाली कांग्रेस संस्थापन इतर पक्षले दमकमा नगर समिति गठन गरेको छ । १५ औं नियमित महाधिबेशन अन्तर्गत आज दमकको सम्पन्न अधिबेशनले सुनिल हाताछुको सभापतित्वमा दमक नगर समिति गठन गरेको हो । हाताछु पार्टीको दमक नगर संयोजक भएर काम गरिआएका थिए ।
सर्वसम्मत निर्वाचित समितिको उपसभापतिद्धयमा अमित खड्का, शान्ता अधिकारी, सचिवमा सन्दिप राई, सहसचिवद्धयमा अनिस बस्नेत , सुवास राई चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा क्षितिज दर्जी, रामकिशोर साह, दिपक तिरुवा, सर्वज्ञ कन्दङवा, साजन राई, दुर्गा धिमाल, आसा राई, मानदेव राई, नेपवहादुर दर्जी, रोजिना गुरुङ, अन्जना चौहान नेपाल चुनिएका छन् । २९ बर्षिय हाताक्षुले पार्टी हितको निम्ति आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिबेशन उद्घाटनमा कांग्रेस नेतृ तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, घनेन्द्रराज सुव्वा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मंगलवार मात्र पार्टीले दमकका १० वटै वडामा अधिबेशन गरि नेतृत्व चयन गरिएको थियो । असोज १५ देखि वडा तहमा नियमित महाअधिबेशन अन्तर्गत २३ असोज शुक्रवार झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित रोडस्टार पार्टी प्यालेसमा प्रदेश सभा (ख) को अधिबेशन हुने नवनिर्वाचित दमक नगर सभापति हाताछुले जनाएका छन् ।