नेकपा शिवसताक्षीको अध्यक्षमा नेम्वाङ, हल्दीवारीमा राजवंशी

झापा,१८ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापामा सांगठानिक सुढृढिकरण अभियान अन्तर्गत स्थानीय तहमा धमाधम पार्टी गतिविधि तीव्र पारेका छन् ।
यसैक्रममा जिल्लाका १५ वटा पालिका मध्ये ५ जटा पालिका तहमा अभियान सम्पन्न भईसकेका छन् । शनिवार जिल्लाको दुई पालिकामा एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शिवसताक्षीमा नगरपालिका स्तरीय र हल्दीबारीमा गाउँपालिका स्तरीय एकता बैठक तथा प्रशिक्षण गरिएको केन्द्रीय सदस्य तथा झापा सह–इन्चार्ज वासुदेव दुलालले जानकारी दिए ।
शिवसताक्षी नगर कमिटीमा दुर्गा नेम्वाङको संयोजकत्वमा १०१ सदस्यीय र हल्दीवारी गाउँ कमिटीमा खकेन राजवंशीको संयोजकत्वमा ५१ सदस्यीय कमिटी घोषणा गरिएको छ ।
पार्टीका केन्द्रीय नेता तथा पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) को प्रमुख आतिथ्य शिवसताक्षी नगर कमिटीको प्रथम एकता भेलामा केन्द्रीय सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज वासुदेव दुलाल , केन्द्रीय सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज सिपि कडरिया , केन्द्रीय सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज दिपेनबाला राई , केन्द्रीय सदस्य तथा झापा जिल्ला संयोजक खड्ग तिम्सिना ( पवन ),केन्द्रीय सदस्य भजेन्द्र चौलागाई, केन्द्रीय सदस्य कल्पना कार्कीलगायतको उपस्थिति रहेको थियो । प्रदेश कमिटी सदस्य कचाली ताजपुरियाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य खडक खापुङले गरेका थिए ।
त्यस्तै हल्दीबारी गाउँपालिका कमिटीको एकता भेलामा प्रमुख अतिथि पूर्व सांसद पूर्णसिंह राजवंशी रहेका थिए भने विशिष्ट अतिथिको रुपमा पार्टी केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठ रहेकी थिइन् ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सहायक इन्चार्ज वासुदेव दुलाल, जिल्ला संयोजक खड्ग तिम्सिना (पवन), जिल्ला सह–संयोजक बीपी भट्टराई, केन्द्रीय सदस्य बेदराज रेग्मी, मोहन टुडु, प्रदेश सचिवालय सदस्य डाक्टर मुरलीप्रसाद शाहसहित नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.