नव सृजनशील टोलको नयाँ नेतृत्व,अध्यक्षमा आङ्देम्बे

दमक ,१८ साउन । दमक- १ मा रहेको नव सृजनशिल टोल बिकास संस्थाको नयाँ नेतृत्व चयन भएको छ । आइतवार सम्पन्न संस्थाको साधारण सभाले युवा व्यक्तित्व प्रेमकुमार आङ्देम्बेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा पुत्रकुमार शेर्मा, सचिवमा सन्तोष गौतम,कोषाध्यक्षमा करुणा अधिकारी,सह–कोषाध्यक्षमा देवीमाया तुम्बापो र सहसचिवमा छुनु याक्वा चुनिएका छन् । नौ सदस्यीय समितिको सदस्यहरुमा अमृतबहादुर नेपाली,अस्मिता आङ्देम्बे र रोस्ना सुब्बा चुनिएका छन् । सोहि सभाले तीन सदस्यीय एक

सल्लाहकार समिति समेत गठन गरिएको थियो । गठित सल्लाहकार समितिको संयोजकमा जयन्ता राई र बसन्ती आङ्बो, महानन्द निरौला, पदमशंकर आङ्देम्बे सदस्य रहेका छन् ।
दमक वडा न. १ का वडासदस्य प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाको आर्थिक तथा सांगठानिक प्रतिवेदनसहित आगामी कार्ययोजनाहरू समेत सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.