दमक,१८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमकको साउन २४ गते हुने ११ औं नगर अधिबेशनको तयारी तीव्र पारिएको छ । अधिवेशन भव्य रुपले सम्पन्न गर्न आवश्यक सवैं तयारीका काम धमाधम भईरहेको पार्टीले जनाएको छ । नगर अधिबेशनका लागि दमकको १० वटै वडामा पार्टी अधिवेशन सम्पन्न भइसकेको छ । अधिबेशनको मिति तय भएसंगै नयाँ नेतृत्वका लागि आकांक्षीहरु बढ्दै गएका छन् । पार्टीको नेतृत्व लिन चार जनाले आकांक्षी देखाएका छन् ।
दमक नगर अध्यक्ष पदका आकांक्षीहरूमा हेम सुवेदी, राजकुमार योङ्गया, ताराप्रसाद अधिकारी र नेत्र चौलागाई लगायतले खुलेरै नेतृत्वमा दावी गरिआएका छन्। सुवेदी हालका पार्टी नगर अध्यक्ष र पुनः एक कार्यकाल दोहो¥याँउने मनसायमा छन् भने योङया पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको कोशी प्रदेश समितिका अध्यक्ष तथा विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेका छन् । अधिकारी दमक- १ का पूर्व वडाध्यक्ष हुन भने चौलागाई पार्टीको प्रदेश (ख) का सचिव हुन् । यी मध्ये योङया पार्टी कार्यकर्ताहरुवीच लोकप्रिय मानिन्छन् ।
पार्टी स्रोतका अनुसार अध्यक्षमा हाल आकांक्षी देखिएकाहरु वीच सहमति जुट्ने संभावना अत्यन्त न्यून छ । सहमति बन्न नसके निर्वाचन मार्फत नेतृत्व चयन हुने जनाईएको छ ।
स्थानीय पशुपति मन्दिरको सभाहलमा हुने अधिबेशनको उद्घाटन गर्न राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपा प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा लगायतका नेताहरुको आतिथ्यता रहने नगर अध्यक्ष हेम सुवेदीे बताए । अधिबेशनमा दमकका १० वटै वडाबाट २१० जना प्रतिनिधिहरु सहभागि रहने छन् ।