राप्रपा अध्यक्ष लिङ्देनद्वारा ‘झनकबाजे–एक भूइँमान्छे’को लोकार्पण

झापा,१८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे–एक भूइँमान्छे’को लोकार्पण गरेका छन् ।
मेचीनगरको काँकडभिट्टामा झनकप्रसाद–खिनमाया कट्टेल समाज कल्याण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा कृतिको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष लिङ्देनले लोकापर्ण गरे । कृति लोकापर्ण गर्दे उनले ‘झनकबाजे’ जस्तो समाजमा उल्लेख्य योगदान पु¥याएका समाजसेवीको स्मृतिग्रन्थ प्रकाशन गरेर प्रतिष्ठानले प्रशंसनीय कार्य गरेको बताए । उनले स्व.कट्टेलका छोराहरूले रु ५० लाखको अक्षयकोष स्थापना गरी प्रतिष्ठान शुभारम्भ गरेको जानकारी पनि दिए ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सांसद गोपाल तामाङ, कट्टेल समाजका अध्यक्ष चित्रदेव कट्टेल, मेचीनगरका पूर्वनगरप्रमुख विमल आचार्यलगायतका वक्ताहरुले झनकप्रसादको व्यक्तित्वको चर्चा गर्दै भावी पुस्तामाझ उनको योगदानलाई जीवन्त राख्न स्मृतिग्रन्थले मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
कृति लोकापर्ण समारोहमा प्रतिष्ठानका अध्यक्ष डम्बरुवल्लभ कट्टेलले आगामी दिनमा प्रतिष्ठानले रचनात्मक गतिविधि गर्दै जाने जानकारी दिए । ‘झनकबाजे’को व्यक्तित्व परिचय साहित्यकार पुण्यप्रसाद खरेलले र स्मृतिग्रन्थको समीक्षा निरोज कट्टेलले गरेका थिए । सोही अवसरमा प्रतिष्ठानले स्थानीय बाबुल मालपाडेलाई रु. २५ हजारको नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद् सविना बजगाईं, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, प्रतिष्ठानकी संरक्षक खिनमाया कट्टेल, साहित्यकार पुण्यप्रसाद खरेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, वडाध्यक्ष ललित तामाङ, वडाध्यक्ष प्रह्लादमणि ओली, नेपाली कांग्रेस झापाका पूर्व उपसभापति राम कट्टेल, नेकपा एमालेका नेता बन्धनकुमार मुण्डा, भानु साहित्यिक

प्रतिष्ठानका अध्यक्ष डिल्लिराम घिमिरे, कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, धुलाबारी क्याम्पसका पूर्व प्रमुख पुष्पराज पौडेल, अग्रज समाजसेवी कृष्णप्रसाद उप्रेती, काँकरभिट्टा माविका प्रअ देवेन्द्र निरौला, रोहित बुढाथोकी, दीपक पोखरेल, परशुराम तिमसिना, कल्पना ओली, अमर परियार, झनक नेउपाने, करुणा रिजाल, विद्या मैनाली, जय आचार्य, विष्णु गौतम, राजन भेटवाल, जीएन उप्रेती, सहदेव राजवंशी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव दामोदर ढुङ्गेलले गरेका थिए भने आदर्श माविका भाइबहिनीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.