पथरी शनिश्चरे, १६ साउन । यहि कार्तिक १५ देखि २२ गतेसम्म मोरङको पथरीमा दोस्रो पथरी शनिश्चरे गोल्डकप २०८२ हुने भएको छ । गोल्डकप प्रतियोगिताका आयोजक संस्था पथरी ११ फुटबल क्लबले विहिबार आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो ।
क्लबका अध्यक्ष सुमन बिकले क्लबले गतवर्ष सञ्चालन गरेको पहिलो गोल्डकपबाट क्लबको कूल आम्दानी १७ लाख ८५ हजार ८ सय ४० र कुल खर्च १४ लाख ८१ हजार १ सय ५५ भएको र यसवर्ष पनि गोल्डकपलाई निरन्तरता दिन लागिएको जानकारी दिए । गोल्डकप यही कात्तिक १५ गते शनिबारदेखि सुरु भई २२ गतेसम्म सञ्चालन हुने छ ।
गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, विभिन्न विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी तथा मेडल प्रदान गरिने छ भने हरेक खेलमा उत्कृष्ट खेलाडीलाई “म्यान अफ दि म्याच“ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
उक्त गोल्डकप प्रतियोगिताको आय–व्यय अनुमानित ६० लाख रुपैयाँ रहने उल्लेख छ । जसका लागि क्लबले पथरी शनिश्चरे नगरपालिकासँग १५ लाख सहयोगको अपेक्षा राखेको छ भने मुख्य प्रायोजक, सहप्रायोजक प्रायोजक, निजी विद्यालय, व्यापारी र शुभेच्छुकहरूबाट रु ४५ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।
क्लबका सदस्य तथा प्रशिक्षक अर्जुन बस्नेत र प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप संयोजक जितन राईले स्वागत मन्तव्य राखेका थिए भने पथरी शनिश्चरे नगरपालिकाका खेलकुद संयोजक दिपक राईले खेलको महत्व माथि चर्चा गरेका थिए ।
कार्यक्रममा क्लबका कोषाध्यक्ष अम्बिका लिम्बू, सचिव केशर राईसहित अन्य पदाधिकारीहरू, खेलाडीहरूे सञ्चालन सचिव केशव राईले गर्नुभएको थियो। , नगरपालिकाका सूचना संयोजक सन्तोष राई तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।