दमक ,१६ साउन । दमकका ब्याग तथा कस्मेटिक व्यवसायीहरु संगठीत भएका छन् । बुधबार व्याग तथा कस्मेटिकह व्यवसायीहरुको भेलाले न्यु फेसन एण्ड व्याग हाउसका प्रोप्राइटर भुमिप्रसाद बाँस्कोटाको अध्यक्षतामा ९ सदस्यीय व्याग कस्मेटिक व्यवसायी बस्तुगत संघ दमक नगर समिति गठन गरेका हुन् ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा पुष्प बिष्ट ,सचिवमा देबेन्द्र बराल ,सहसचिवमा सुनिल बस्नेत ,कोषाध्यक्षमा राजेश शाही र सदस्यहरुमा राजु सिटौला, हिरादेवी उप्रेती , बिरेन्द्र शर्मा र प्रदिप भण्डारी चुनिएका छन् । सोहि भेलाले भरत चुडालको संयोजकत्वमा एक सल्लाहकार समिति समेत गठन गरिएको जनाईएको छ ।
गठित सल्लाहकार समितिको सदस्यहरुमा टिकाराम खतिवडा ,कृष्णराज दाहाल, बल्लभ साप्कोटा , बिष्णु भट्टराई लगायत रहेका छन् । व्याग तथा कस्मेटिक व्यवसायीहरुको पेशागत हकहितका लागि संस्थाले काम गर्ने नवगठित समितिका अध्यक्ष बाँस्कोटाले बताए ।