रोटरी क्लव अफ दमकको एक वर्षे कार्ययोजना सार्वजनिक

दमक,१६ साउन । रोटरी क्लव अफ दमकले सामाजिक सेवाको गतिविधिसहितको एक वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । रोटरी क्लवले दमकको केविआर होटलमा आज पत्रकार सम्मेलन गरि बर्ष २०२४-०२५मा गरिने एक वर्षे कार्ययोजना सार्वजनिक गरेको हो । ती कार्ययोजनाको लागत अनुमान १६ लाख ५० हजार वरावरको छ ।
क्लवका नवनिर्वाचित अध्यक्ष बिक्रम साहले शिक्षा,स्वास्थ्य लगायतका ७ क्षेत्रमा रोटरीले सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको र यसवर्ष पनि त्यही क्षेत्र भित्र रहेर सेवा पुरयाँउने जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रमा थप योगदान पुरयाँउन जटिक प्रकारको रगतको नमुना संकलन ( व्लड कम्पोनेन्ट) गर्ने मेशिन राख्न स्थानीय सरोकारवाला संस्थाहरुसंग सहकार्य गरेर प्रस्ताव अघि बढाईने बताए । सो परियोजनाको लागत अनुमान ५० लाख छ ।
कार्यक्रममा दमक रोटरीका पूर्व अध्यक्ष तथा सल्लाहकर सन्दिप चापागाई (दिपु ) ले रोटरीको कार्ययोजना सार्वजनिक गरे । कार्ययोजनामा रोटरी सदस्यता र नयाँ क्लव विकास सम्बन्धी तालीमदेखि रोटरीले शिक्षा,स्वास्थ्य लगायतका ७ क्षेत्रमा गरिआएको कार्यक्रम सम्बन्धी विभिन्न गतिविधि समेटिएको छ । उनले विद्यालयमा स्वच्छ खानेपानीको पहुँचता,मातृ तथा वाल स्वास्थ्य शिविर, संस्थागत विकास, महिलाहरुलाई रोजगार , तालीम लगायतका कार्यक्रममा जोड दिईने बताए ।
रोटरीका निवर्तमान अध्यक्ष पदम बरालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा क्लवका नवनिर्वाचित कार्यसमिति, रोटरीका सदस्यहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । देशभर १६० वटा रोटरी शाखाका रुपमा सञ्चालन छन् ।
अध्यक्षमा साह, २० साउनमा पदस्थापन
रोटरी क्लव अफ दमक वर्ष सन् (२०२४-२५ ) का नवनिर्वाचित समितिको यहि साउन २० गते दमकको नेपाली रिका होटलमा पदस्थापन कार्यक्रम तय गरिएको छ । पदस्थापन भव्य र सभ्य रुपले सम्पन्न गर्न तयारी तीव्र पारिएको सचिव प्रेम देवकोटाले बताए । दमक रोटरीको वर्ष (२०२४-२५ ) को नेतृत्व साहको अध्यक्षतामा समिति चयन भएको थियो । उनी १३ औ अध्यक्ष हुन् ।
समितिको आईपीपीमा पदम बराल, सचिवमा प्रेम देवकोटा, प्रिन्सीडेन्ट एलेक्टमा केशव कुमार अग्रवाल, नोमिनेट प्रिन्सीडेन्टमा सागर श्रेष्ठ, उपाध्यक्षमा भेनस श्रेष्ठ, सहसचिवमा अम्बिका न्यौपाने, कोषाध्यक्षमा रमा लिम्बू चुनिएका छन् । यसैगरि, सहकोषाध्यक्षमा विकास अग्रवाल,, कलव डाइरेक्टरहरुतर्फ ( क्लव प्रशासक) मा शान्तिराम निरौला, सदस्यता अभिबृद्धिमा सन्जु पराजुली, सेवा परियोजनातर्फ नविनकुमार श्रेष्ठ, जनसम्पर्कमा गौतम गुप्ता,टिआरएफ चियरमा सन्दिप साहेवाला, युथ सर्भिस चियरमा भुपेन्द्र कोइराला, एसजीटी एटआर्मसमा सन्दिप चापागाई, टिच कोअर्डिनेटरमा डा. लेखनाथ न्यौपानेलाई जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।
यसैगरि, नविन कुमार श्रेष्ठ, डा.मुक्ति भटटराई, गंगाप्रसाद काफ्ले,मोहन ढकाल,सन्दिप चापागाई र भरत चम्लागाई सम्मिलित एक सल्लाहकार समिति समेत चयन गरिएको जनाईएको छ ।

 

Leave a Reply

Your email address will not be published.