कविता : कहिले काहीँ

-सीता लावती
एउटा दुर्लभ कथा, होइन र…. माया ?
जस्तै
तिमी अनि म नै भेटिनु
त्यो समय अनि पलहरू
आफसेआफमा जोडिनु
तिमीलाई मन पर्ने फूल
मैले रोपिसकेको हुनु
मलाई मनपर्ने गीत तिम्रो
प्ले लिस्टमा भेटिनु
म हांस्नु र तिमी मुस्कुराउनु
फेरि
तिमी नबोल्नु र म डराउनु
मैले सम्झेको तिमीले थाहा पाउनु
तिमीले विराएको मलाई थाहा हुनु
एउटा संयोग मात्र कहाँ हो र माया ?
त्यसैले
तिमी र म भेट्ने समय
पला घडी सबै मिलेर
भेट्दिन भन्दा पनि भेट हुने गरी
कसरी कसरी……मिल्यौं यसरी
अब फेरी कसैको नहुने गरी
एउटा दुर्लभ कथा हुने गरी
तिमी अनि मैले
लेखौँला पाना भरी
जिन्दगी भरी नमेटिने गरी। मेनपा, झापा

Leave a Reply

Your email address will not be published.