झापा, ९ असोज । नेपाली कांग्रेस कमल गाउँसभापतिमा केदार कटुवाल निर्वाचित भएका छन् । पाडाजुंगीमा शुक्रवार सम्पन्न निर्वाचन परिणाम अनुसार कटुवालले ९७ मत प्राप्त गरि कांग्रेस कमल सभापतिमा निर्वाचित भए ।
उनका प्रतिष्पर्धी पदम बहादुर निरौलाले ७३ मत प्राप्त गरेका थिए । निर्वाचित सभापति कटुवाल कमल वडा न.१ का दुई कार्यकाल निर्वाचित वडा अध्यक्ष हुन् ।
निर्वाचन समितिका संयोजक प्रकाश भण्डारीका अनुसार १ सय ८१ जना मतदाता रहेकोमा १० मत बदर भएको थियो ।
त्यसैगरी उपसभापतिमा होमराज लिम्बू र कृष्णकुमारी आचार्य गौतम ,सचिवमा खेमराज खनाल ,सहसचिवमा गोबिन्द खनाल,छवि बराल र होमादेवी रम्तेल निर्वाचित भएका छन् ।