व्यवसायी राजु श्रेष्ठलाई माृतशोक

दमक ,३१ असार । दमकका युवा व्यवसायी राजु श्रेष्ठलाई माृतशोक परेको छ । दमक -८ स्थित श्रेष्ठ ट्रेड लिंकका सञ्चालक तथा सामाजिक अभियन्ता पार्वता श्रेष्ठकी ममतामयी आमा ८३ बर्षिया दिलकुमारी श्रेष्ठको आइतवार राति निधन भएको हो । उनी केहि समयदेखि अस्वस्थ्य थिईन् ।
दिवंगत दिलकुमारी दमक– ९ प्रधानटोलस्थित जनविश्वास शाकोसकी अध्यक्ष मिना श्रेष्ठकी सासुआमा समेत हुन् । मृतकका एक छोरा, एक छोरी छन् । सहकारीकर्मी मिना विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छिन् ।
यसैवीच, मृतकको शव सोमबारनै कन्काइ नदीमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.