झापा,३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रो, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।
मूल्यवृद्धिपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७१ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६० पुगेको छ।