सगुन युवा क्लवद्धारा वृक्षरोपण

कमल,२८ असार । कमल गाउँपालिका ५ मंगलवारेस्थित सगुन युवा क्लवले आफनो ठाँउमा वृक्षरोपण अभियान शुरु गरेको छ ।गाउँ शहरलाई स्वच्छ, सुन्दर, हरित बनाउनका लागि पाडाजुँगीदेखि मंगलबारे सम्म बृक्षरोपण अभियान सञ्चालन गरेको क्लवका अध्यक्ष देवेन्द्रराज आङ्गदेम्बेले बताए ।
उनका अनुसार बुधबारदेखि शुरु वृक्षरोपण कार्यक्रम केहि दिनसम्म सञ्चालन हुने छ । वृक्षरोपणमा करिव १७ सय विरुवाहरु रोपिने कार्यक्रम छ । त्यस सडकको स्तरन्नतिको काम अन्तिम चरणमा रहेको र वर्षासमेत नियमित हुन थालेपछि सडक किनारमा विभिन्न फलफूलका विरुवाहरु रोप्न थालिएको क्लवका उपाध्यक्ष दिपेन्द्र राईले बताए ।वृक्षरोपणको शुभारम्भ गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए ।
वृक्षरोपण कार्यक्रममा क्लवका पदाधिकारी,सदस्यहरुसहित टोल विकास संस्था, आमा समूह सदस्यहरुको उल्लेखीय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.