दमक, २५ असार । लगातारको वर्षापछि आएको पहिरोका कारण दमक–चिसोपानी रवि (फाल्गुनन्द मार्ग०.) सडकको बाघमारा पुल नजिकै सडक अवरुद्ध बनेको छ ।इलामको माङसेबुङ -३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडकमा यातायात अबरुद्ध हुन पुगेको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए । पहिराले बाटो अवरुद्ध गरेपछि दमकदेखि रवि सञ्चालन हुदैंआएको सवारीहरु बाटोमै रोकिएका छन् । सडक अवरुद्ध भएपछि गन्तव्यसम्म पुग्न समस्या भएको यात्रुहरुले बताएका छन् ।
यता पालिकाले पहिरोका कारण सडक अवरुद्ध खुलाउन स्काभेटर पठाइसकेको र एक–डेढ घण्टा भित्रै बाटो सञ्चालनमा आउने अध्यक्ष राईले बताए ।बाढीपहिराका कारण बर्षायाममा त्यस सडक बेलाबेलामा सडक अवरुद्ध हुदैआएको छ ।