झापामा श्रीमतीको हत्या , श्रीमान फरार

झापा, २१ असार । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा श्रीमतीलाई हत्या गरी श्रीमान फरार भएका छन् ।आज साँझ अन्दाजी ५.१५ बजे झापा गाउँपालिका वडा नं.३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नो श्रीमती अन्दाजी वर्ष २४–२५ की अनिशाकुमारी गणेशलाई हम्मरले हानी हत्या गरेका हुन् । घटनापछि हत्यारा गणेश हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमान– श्रीमतीबीच पहिला पनि झगडा हुने गरेको र आज झगडा हुँदा हम्मरले हानी श्रीमतीको मृत्यु भएपछि श्रीमान फरार रहेको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालयको टोलीले शवको मुचुल्का उठाइरहेको छ ।
खुकुरी प्रहार गरी आमाको हत्या
तेह्रथुमको लालिगुराँस नगरपालिका–८ का २३ बर्षीय दिपक नेपालीले धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन् ।सामन्य विबादका कारण आफ्नै ४६ बर्षीया आमा तिलमाया नेपालीलाई शरीरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोलीले हत्यामा संलग्न नेपालीलाई पक्राउ गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.