राष्ट्रिय बहुमुखी सहकारीको दन्त शिविर, १५१ जनाको परीक्षण

दमक,२१ असार । दमक -८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले शुक्रवार कमल ६ शान्तिपुरमा निशुल्क दन्त शिविर सञ्चालन गरेको छ । रजत वर्षको अवसर पारेर संस्थाले स्थानीय उज्यालो फाउण्डेशनको व्यवस्थापन तथा दमकस्थित थुलुङ डेन्टलको प्राविधिक सहयोगमा दन्त शिविरमा १५१ जनाको दन्त परीक्षण गरिएको कार्यक्रम संयोजक पारसमणी राईले जानकारी दिए ।
शिविरमा दमकस्थित थुलुङ डेन्टलकी चिकित्सक डा. सोफिया थुलुङ नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा सो बिद्यालयका बिद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरुले दाँतको जाँच तथा उपचार सेवा लिएका थिए । शिविरमा दन्त सम्बन्धी थप उपचारका लागि भने डेन्टलले २५ प्रतिशतसम्म विशेष छुट दिने व्यवस्था समेत गरेको बताईएको छ ।सहकारीका अध्यक्ष एलडी राईको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका सभापति चन्द्र साहको प्रमुख आतिथ्यतामा भएको शिविरको औपचारिक उद्घाटन कार्यक्रममा फाउण्डेशनका संस्थापक निर्देशक केशव तिम्सिना ,सहकारीका कोषाध्यक्ष टंक दुलाल, सदस्यहरु बासुदेव राई, विष्णु सुब्बा, पदमबहादुर तामाङ ,स्कूलकी प्रिन्सीपल तारा गड्तौला लगायतको पनि आतिथ्य रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.