बालबालिकाहरूलाई विरूवासहित गमला तथा डस्बिन वितरण

दमक ,८ असार । दमक -९ स्थित शुभविहानी टोल बिकास संस्थाले बालबालिकाहरूलाई विरूवाको महत्व सम्बन्धी सचेतनासंगै फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरिएको छ ।संस्थाले शनिवार एक कार्यक्रम गरि नगरपालिकाको वातावरण शाखाको सहयोगमा २५ थान विरूवासहित गमला तथा डस्बिन वितरण गरिएको टोल बिकासका अध्यक्ष दिपु सन्दिप चापागाईले बताए ।
संविधान सभा सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक नगरपालिकाका वातावरण शाखा संयोजक तथा वडा नं ६ का अध्यक्ष टेकवहादुर थापा, वडा नं ९ का अध्यक्ष कुबेर भट्टराईसहित टोलवासी र टोलका बालबालिकाको उपस्थिति रहेको थियो।
टोलकी बालिका शम्रिति चापागाईले स्वागत मन्तव्य राख्दै बोट बिरूवाको महत्वका बारेमा बोलेकी थिइन् । कार्यक्रममा सहभागि वक्ताहरुले बालबालिकालाई जोडेर बोट विरूवाको आफै हुर्काउनु पर्छ र फोहोर व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम प्रंशसनीय भएको औल्याएका थिए । संस्थाका सचिव रमेश खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा अध्यक्ष चापागाईले वितरण गरिएको बोट विरूवालाई हुर्काउने बालवालिकालाई प्रोत्साहन स्वरूप हरेक वर्ष पुरस्कार वितरण गर्ने र हामीले हाम्रो वालवालिकालाई सानै देखि वोट विरूवा प्रतिको महत्व र फोहोर व्यवस्थापन प्रतिको ज्ञान हाम्रो घर, टोलबाट दिनु पर्ने जरूरी रहेको बताए । शुभविहानी टोल बिकास संस्थाले “संरक्षण ,सम्बद्र्धन हाम्रो अभियान संस्कार,संस्कृति र परम्परा हाम्रो पहिचान ” भन्ने सन्देसका साथ टोलमा फरक किसिमको अनुकरणीय कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.