माओवादीले दमकमा ४२ हजार फलफूलका विरुवा रोप्यो

दमक,८ असार । जनतालाई उत्पादनसँग जोड्नु पर्ने सन्देसका साथ नेकपा माओवादी केन्द्रले दमकमा ४२ हजार फलफूलको विरुवा रोपेको छ ।पार्टीले दमकमा सञ्चालन गरेको पूर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत एक महिनाको अवधिमा विभिन्न जातका ४२ हजार फलफूलका विरुवाहरु रोपिएको अभियानका संयोजक समेत रहेका पार्टीका झापा संयोजक राजु आचार्य ‘अग्नि’ ले जानकारी दिए ।
उनका अनुसार अभियान अन्र्तगत एक लाख फलफुलका बिरुवा रोप्ने लक्ष्य राखिएकोमा यसअवधिमा त्यतिका संख्यामा वृक्षरोपण गरिएको हो । पार्टीले अभियानका क्रममा गत जेठ १३ गतेदेखि ‘एक घर दुई बिरुवा ’ भन्ने नाराका साथ कागती, आँप, लिचि, अम्बकलगायतका फलफूलका बिरुवा रोप्ने कार्य जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published.