कमल- ७ स्थित वडा कार्यालयमा आँखा शिविर

दमक , २८ जेठ । झापाको कमल गाउँपालिका -७ बाह्घरेस्थित वडा कार्यालयमा सोमबार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको आयोजना तथा मेची आखाँ अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा सोमबार भएको शिविरमा ३५० जनाको आखाँ परीक्षण गरिएको हो । आँखा परीक्षण मध्ये १८ जनामा मोतिया विन्दुको समस्या देखिएको आयोजक रेडक्रस कमल उपशाखाका सचिव पारषमणि राईले बताए । शिविरमा कमल ६ र ७ का ८ वर्षदेखि ९२ वर्षसम्म उमेर भएका ज्येष्ठहरुले सेवा लिएका थिए ।
शिविरमा फेला परेका मोतियाविन्दु भएकाहरुको उपशाखाको समन्वयमा निशुल्क शल्यक्रियाको व्यवस्था समेत गरिएको सचिव राईले बताए । शिविरमा आँखा अस्पतालकी डा. कविता कार्कीसहितको स्वास्थ्यकर्मीहरुको टोलीले आँँखा जाँच गरेका थिए ।
रेडक्रस कमलका सभापति चन्द्र साहको अध्यक्षतामा तथा कमल ७ का वडाअध्यक्ष पृथ्वीपति राईको प्रमुख आतिथ्यता भएको शिविर उद्घाटनमा वडा सचिव रेणुका गौतम, वडा सदस्यहरु हरिभक्त चम्लागाई,मनमाया सिटौला,रेडक्रस उपशाखाका कोषाध्यक्ष प्रमोद दाहाल, उपसचिव विष्णु सुब्बा,सदस्यहरु सन्तोष राई,सिताराम बाँस्तोला लगायतको उपस्थिति रहेको थियो । शिविर वडा कार्यालयको सहयोगमा भएको थियो ।
नेविसंघ कमलको दन्त शिविर
नेपाल विद्यार्थी संघ कमल इकाई समितिले कमल -४ मा सञ्चालन गरेको निशुल्क दन्त शिविरमा ३ सय बढीले सेवा लिएका छन् । किरात चौंकमा हालै भएको दन्त शिविरमा दमकको आमा डेन्टलले प्राविधिक सहयोग पुरयाएँको थियो ।
नेविसंघले सामाजिक उत्तरदायित्व अन्तर्गत कमलका ७ वटै वडामा त्यस किसिमको कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको संघका झापा जिल्ला सचिव जितेन साङपाङले बताए ।

Leave a Reply

Your email address will not be published.