जङ्गली च्याउ खाएर धनकुटामा आमाछोराको मृत्यु

धनकुटा,२० जेठ । धनकुटामा जङ्गली च्याउ खाएर आमाछोराको ज्यान गएको छ ।सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका ७ बर्षिय छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
सिकिस्त रहेका उनीका छोराको पनि आइसियु कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए । प्रहरीका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए ।
जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो ।

पौडी खेल्न जाँदा कनकाईका सलिमको डुबेर मृत्यु

गर्मीका कारण कन्काई नदीमा पौडी खेल्न जाँदा डुबेर कनकाई नगरपालिका २ का २१ बर्षिय सलिम गुरागाईको मृत्यु भएको छ ।गुरागाई साथीहरुसंग स्थानीय कनकाई नदीको दोमुखा क्षेत्रमा दिउँसो ४ बजेतिर पौडी खेल्न गएकोमा ४ः १५ बजेतिर अचानक डुबेर मृत्यु भएको कनकाई २ का वडाध्यक्ष बलराम राई प्रतापले जानकारी दिए ।मृतकको शवलाई पोस्टमार्टमका लागि दमकतर्फ लगिएको छ ।

Leave a Reply

Your email address will not be published.