मोरङमा विद्यालयस्तरिय रग्वी खेल सम्पन्न ,जेम्स प्रथम

दमक,१९ जेठ । स्कूल रग्वी कमिशन कोशी प्रदेशको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिकास्थित आईतवारेमा अन्तरविद्यालय रग्वी खेल सम्पन्न भएको छ । झापा ,मोरङ र सुनसरी जिल्लाका ११ वटा विद्यालय सहभागी भएको उक्त प्रतिष्पर्धामा छात्रतर्फ ११ टिम र छात्रातर्फ १० टिमले भाग लिएका थिए । खेलकुदको इतिहासमा रग्वी खेल नेपालमा भित्रिएको लगभग छ दशक भएता पनि देशको पूर्वी क्षेत्र कोशी प्रदेशमा विद्यालय तहको प्रतिष्पर्धा भएको यो नै पहिलो प्रतिष्पर्धा भएको रग्वीसंग सम्बद्ध जानकारले बताएका छन् ।
प्रतिष्पर्धामा छात्रतर्फ झापा मोडल अंग्रेजी मावि (जेम्स )दमक प्रथम , गुरूकुल पाठशाला वेलवारी मोरङ द्वित्तीय र मकालु मोरङ कानेपोखरी तृतीय हुन सफल भए भने छात्रातर्फ माउण्ट हार्मोन एकाडेमी कानेपोखरी प्रथम , आदर्श इङलिस स्कूल कानेपोखरी द्वितीय र पिनाकल ज्ञान मन्दिर कानेपोखरी तृतीय हुन सफल भएका छन्।
स्कूल रग्वी कमिसन कोशी प्रदेशको आयोजनामा सम्पन्न उक्त खेल स्कूल रग्वी कमिसन कोशी प्रदेशका अध्यक्ष सुनिलदत्त अधिकारीको अध्यक्षता तथा रग्वी कमिसन कोशी प्रदेशका सल्लाहकार संयोजक जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । सो खेलमा रग्वी संघ ईलामका अध्यक्ष बिजु सुब्बा , प्रदेश सदस्यहरू नारायण प्रसाद सन्जेल ,गणेश कोइराला महेन्द्र बोहोरा, कानेपोखरी खेलकुद परिषदका अध्यक्ष चरण गुरूङ, एनप्याव्सन जिल्ला उपाध्यक्ष दिपक चौंलागाईँ , कानेपोखरी अध्यक्ष अर्जुन राई, मितेरी युवा क्लवका अध्यक्ष नविन राई समेतको उपस्थिति थियो । आदर्श ईंङलिस स्कूलको संयोजनमा सम्पन्न सो कार्यक्रमको सञ्चालन प्याव्सन कानेपोखरीका निबर्तमान अध्यक्ष एवम् क्वेष्ट नेपाल प्रदेश काउन्सिल सदस्य राजेश कार्कीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published.