कनकाईमा विद्युतीय शव दाहगृह निर्माण शुरु

झापा, १३ जेठ । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कन्काई नदीको पूर्वी तहमा विद्युतीय शवदाह ग्रृह निर्माण शुरु भएको छ । विद्युतीय शवदाह गृह निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । पूर्वाधार निर्माण पछि अन्य उपकरण लागत प्रदेश सरकारबाट प्राप्त हुने नगरप्रमुख पोखरेलले बताए । करिब रू एक करोड ५० लाखको लागतमा शवदाह गृह निर्माण हुने उनले बताए ।

विद्युतीय शवदाह गृह पूर्वाधार निर्माणका लागि सात सदस्यीय उपभोक्ता समिति र सात सदस्यीय अनुगमन समिति गठन गरी धमाधम काम शुरु गरिएको छ । कनकाई नगरपालिकाको रू १५ लाख र उपभोक्ता समूहको तर्फबाट रू एक लाख ८० हजार सात सय नौ गरी रू १६ लाख ८० हजार सात सय नौ लागतमा पूर्वाधार निर्माण शुरु भएको हो ।
“शुरुमा चिम्नी प्रदेशबाटै राख्ने कुरा भएको थियो, अहिले बेस निर्माण गर्नुपर्ने कुरा आएको छ”, उनले भने, “केही काम थपिएकाले केही खर्च बढ्ने देखिन्छ ।” गत बैशाख २८ गतेदेखि निर्माण शुरु भएको शवदाह गृहको पूर्वाधार निर्माण कार्य जेठ ३२ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको छ ।

Leave a Reply

Your email address will not be published.