दमकमा एभरेष्ट हाइपर मार्केटको तेश्रो शाखा सञ्चालन

दमक,२५ असोज । झापाको बाह्दशीस्थित एभरेष्ट हाइपरमार्केट प्रालिले आइतवारदेखि दमकमा आफनो तेश्रो शाखा सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको शुरुवाती घटस्थापनाका अवसर पारेर एभरेष्ट हाइपरमार्केटले दमकमा सुविधासम्पन्न शाखा सञ्चालनमा ल्याएको हो ।

दमक- ६ थानारोडमा सञ्चालनमा ल्याईएको उक्त सपिङ मार्केटको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे । दमक तथा त्यस आसपासका उपभोक्ताहरुलाई एउटै छातामुनी दैनिक उपभोग्य सामाग्रीदेखि विभिन्न ब्राण्डका लत्ताकपडाहरु, जुत्ताचप्पल ,घरायसी समानहरु सहज रुपमा उपलव्ध गराउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याइएको सञ्चालक चान मोम्हमदले जानकारी दिए । दमकमा खोलिएको यस व्यवसायिक प्रतिष्ठानमा करिव १० करोड लगानी रहेको तथा दुई दर्जन बढीले रोजगारी पाएको एभरेष्ट हाइपरमार्केट प्रालिद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

उनका अनुसार सन् २०२१ मा राजगढ वजारमा पहिलोपटक सञ्चालनमा ल्याइएको उक्त मार्केट दोश्रो शाखा २०२४ मा विर्तामोड र आइतवारदेखि भने दमकमा सपिङ मार्केटको उद्घाटन गरिएको हो । सपिङ मार्केटले शाखा विस्तारका क्रममा हरेक बस्तु खरिदमा उपभोक्ताहरुलाई आर्कषक छुटको व्यवस्था राखिएको सञ्चालक मोम्हमदले बताए । उनले उभोक्ताहरुलाई सर्वसुलभ ,गुणस्तरिय सेवा पुरयाउँन अव इटहरी र काठमाण्डौसम्म शाखा विस्तार गरिने लक्ष्य राखिएको उनको भनाई छ ।
सपिङ मार्केट उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई,दमक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापा उद्योगी,व्यवसायीहरु , सर्वसाधारणहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.