बोइलरको मासुको मूल्य बढ्यो

दमक,८ जेठ । झापामा बोइलर जातको कुखुराको मासुको मूल्य बृद्धि भएको छ । प्रतिकेजी सरदर ४ सय मूल्य पर्ने कुखुराको मासु बढेर रु ४ सय ५० नाघेको हो ।दमकसहित जिल्लाका वजारमा बोइलर जातका कुखुराको मूल्य ह्वातै बढेको स्वम व्यवसायीहरु बताउँछन् । दमकको चौकस्थित सव्जी मण्डीमा रहेको मकालु फ्रेस हाउसका सञ्चालक विष्णु भट्टराईले बोइलर कुखुरा आयातमा नै मूल्य बृद्धि भएपछि मासु उपभोग्य दरमा मूल्य बृद्धि हुन पुगेको बताउछिन् । गर्मीका समयमा कुखुरा उत्पादन कमै हुने गर्दा पनि मासुको मूल्य बढ्ने गरेको उनको भनाई छ ।
जिल्लामा बोइलर कुखुराको मासुको मूल्य पहिलोपटक उच्च भएको व्यवसायीहरु बताउँछन् । जिल्लामा बोइलरको मासुको मूल्य योसम्मको भाउ पुगेको थिएन् । चाडपर्वमा माग धेरै भएपनि मूल्य भने स्थिर हुदैआएको व्यवसायी भट्टराईको भनाई छ ।
उनका अनुसार जिल्लाका दमक,विर्तामोड ,काकड्भिटटा लगायतका मुख्य शहरी क्षेत्रका वजारमा अहिले कुखुराको मासुको मूल्यमा एकरुपता आएको स्वम व्यवसायीहरुको भनाई छ । अन्य मासुको तुलानामा सस्तो मानिएको बोइलर जातका कुखुराको मासुले मूल्य पाएसंगै किसानहरु हर्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published.