चट्याङ लागेर एक जनाको मृत्यु

दमक,२५ बैशाख । झापाको खुदुनाबारीमा चट्याङ लागेर आज साँझ एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ चौरासेका ५४ बर्षीय मोहन प्रसाद दुलाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घर नजिकैको मकैबारीमा मल लगाउदै गर्दा आज दिउँसो ५ वजे तिर चट्याङले उनलाई भेटेको थियो । चट्याङ लागेर घाईते भएका दुलालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा आज साँझ ६.२० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।लामो समयपछि झापामा आज दिउँसो मध्यम बर्षा भएको थियो । बर्षासंगै केही स्थानमा चट्याङसमेत परेको बताइएको छ ।
करेन्ट लागेर नाबालकको मृत्यु
जिल्लाकै शिवसताक्षीमा करेन्ट लागेर एक जना १८ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोरा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेन्ट लागेर बालक गम्भीर घाइते भएका थिए । घाईते बालकको
बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको प्रहरी प्रवक्ता चन्दले बताए ।

Leave a Reply

Your email address will not be published.