इलाम–२ उपनिर्वाचन : २२ प्रतिशत मतदान

इलाम ,१५ बैशाख । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यलाय र पहिचानवादीका साझा एवं स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साजनक रुपमा मतदान भइरहेको छ ।
यो निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना कर्मचारी परिचालन भएका छन् ।यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।
धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनले मतदान गरेका छन् ।प्रतिनिधिसभा सदस्य २०८१ इलाम २ उप निर्वाचनमा शनिबार बिहान ७ बजे इलामको माङसेबुङ गाउँपालिका ५ स्थित सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गरेका हुन् ।
स्वतन्त्र उम्मेदवार थेगिमले गरे मतदान
इलाम २ उप निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरेका छन् ।उनले बिहानको ७ बजे फाकफोकथुम गाउँपालिका –३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा मतदान गरेका हुन् ।

इलाममा २२ प्रतिशत मतदान

इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ ।मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए ।विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले बताए । उनले भने, ‘कुनैमा १८र२० त कुनैमा २२र२४ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।’इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.