कमलमा भेट्रान फूटवल : आयोजक रातो फाइनलमा प्रवेश

दमक, १४ बैशाख । झापाको कमलमा जारी छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा आयोजक दमक– लखनपुर भेट्रान फूटवल क्लब (रातो ) फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा धरान भेट्रान क्लबलाई ०–३ गोल अन्तरले पराजित गर्दै आयोजक रातोले फाइनलको यात्रा तय गरेको हो ।
यस्तै अन्तिम क्वाटरफाइनल खेलमा चन्द्रगढी भेट्रानले बिर्तामोड भेट्रानलाई ३–१ गोल अन्तरले पराजित गरि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । भोलि शनिवार अन्तिम सेमिफाइनल खेल आयोजक निलो र चन्द्रगढीका बीच हुने आयोजक दमक –लखनपुर भेट्रान क्लवका खेल संयोजक मिन मगरले जानकारी दिए ।
कमल –५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा गत बैशाख ७ देखि शुरु भएको प्रतियोगितामा पूर्वका चर्चित १८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुनेले एक लाख ११ हजार एक सय एघार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुनेले नगद ५५ हजार ५ सय ५५ पाउने छन् । पुरस्कार मध्ये पहिलो पुरस्कार स्व. टंक राईका परिवारजनले र दोश्रो पुरस्कार क्याप्टेन अजेन तुम्बापोले आफना मातापितााको नाममा प्रायोजन गर्ने क्लवका अध्यक्ष दिवस राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.