बैशाख १९ मा कमल रेडक्रसको १३ औं बार्षिक साधारणसभा हुने

दमक,१३ बैशाख । नेपाल रेडक्रस सोसाईटी कमल पालिका शाखाको १३ औ बार्षिक साधारण यहि बैशाख १९ गते गर्ने भएको छ । रेडक्रस पालिका तर्दथ समितिको सम्पन्न बैठकले साधारणसभा वृहत रुपमा सम्पन्न गर्न विभिन्न पाँच वटा तयारी उपसमितिहरु गठन गरि काम थालिएको सचिव पारषमणि राईले बताए । साधारणसभा कमल ५ मंगलवारे वजारस्थित आफनै भवनको सभाहलमा हुने छ ।

जसअनुसार विष्णु सुब्बाको संयोजकत्वमा प्रचारप्रसार, पारषमणि राईको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, लेखासहित आर्थिक प्रतिवेदनको जिम्मा कोषाध्यक्ष प्रमोद दाहाललाई संयोजक तोकिएको उल्लेख छ । त्यस्तै, रेडक्रस शाखाकी उपाध्यक्ष नरमाया तामाङको संयोजकत्वमा अतिथि सत्कार र सन्तोष राईको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको सभापति चन्द्र साहले जानकारी दिए ।

जिल्लाकै कान्छो उपशाखाले चिनिएको यस रेडक्रस नयाँ विधान अनुसार पालिका शाखाका रुपमा मान्यता पाएको छ । पालिका शाखाका रुपमा पहिलोपटक भव्य रुपमा शाखा सभाको तयारी तीव्र पारिएको सभापति साह बताउँछन् ।

Leave a Reply

Your email address will not be published.