विटु स्वीट्समा नगरपालिकाले ग¥यो सील

दमक, १४ बैशाख । किरा परेको लड्डु बेचेको आरोपमा दमकको एक मिठाई पसललाई सील गरिएको छ । दमक नगरपालिकाको वजार अनुगमन समितिसहितको एक टोलीले दमक- ५ बेलडाँगी रोडस्थित बिटु स्वीट्स हाउस सील गरिएको हो ।
सो स्वीट्स हाउसले ग्राहकलाई आज विहान अखाद्य लडडु मिठाई विक्री गरेको र सो लड्डु भित्र किरा परेको अवस्थामा भेटिएको थियो । त्यस्तो लडडु उपभोक्ताले सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो । खाद्यपदार्थमा देखिएको यस किसिमको हर्कतको घटना सार्वजनिक भएलगत्तै नगरपालिकाको एक टोलीले आज विहान मिठाई पसलमा पुगेर पसल सील गरिएको थियो ।
पसल सञ्चालक विटु साहले आफूले बनाएको खाद्यबस्तु यस किसिमको बदमास हुन नसक्ने बताएका छन् । नगरपालिकाले लड्डुको गुणस्तरको बारेमा थप अनुसन्धान गरिने नगर उपप्रमुख रेगिना भटटराईले बताईन् ।

Leave a Reply

Your email address will not be published.