कारको ठक्करबाट वालकको मृत्यु

झापा,९ बैशाख । कारको ठक्करबाट झापाको बिर्तामोडमा एक जना वालकको मृत्यु भएको छ ।शनिबार राति बिर्तामोडस्थित मुक्तिचोकमा कारको ठक्करबाट मेनपा ११ निवासी सन्तोष रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको प्र १.०१.००२ .च १९० नम्बरको कारले पैदल यात्री मेचीनगर नगरपालिका वडा नं १२ बस्ने गोपाल रोकाको ११ वर्षीय ेछोरा सन्तोषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।दुर्घटनाबाट घाइते सन्तोषलाई उपचारक लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको र उपचारको क्रममा आईतबार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न कार चालक मेचीनगर नगरपालिका वडा नं १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.