द एभरेष्ट शाकोसले मनायो १३औ बार्षिकोत्सव

दमक,९ बैशाख । दमक- ५ स्थित बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज विभिन्न कार्यक्रम गरि १३ औ बार्षिकोत्सव मनाएको छ ।बार्षिकोत्सवका अवसर पारेर सधैका बर्षझै यसवर्ष पनि सामाजिक कार्य अन्तर्गत दमक अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गर्नुका साथैं संस्थामा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन गरि मनाएको हो ।
दमक अस्पतालमा आयोजित फलफूल वितरण शुभारम्भ कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव खनाल, संस्थाका अध्यक्ष दिपक खरेल लगायतले बार्षिकोत्सवमा सहकारीले पुरयाँँउदै आएको योगदानको चर्चा गरेका थिए ।
संस्थाले त्यहाँ उपचाररत ३५ जना विरामीलाई केरा,स्याउँ,जुस लगायतका फलफूलहरु प्रदान गरिएको व्यवस्थापक धर्मानन्द भट्टराईले जानकारी दिए ।
बार्षिकोत्सवका अवसरमा संस्थाले कर्मचारीहरुको पेशागत क्षमता अभिबृद्धिका लागि तालिम समेत सञ्चालन गरेको थियो । तालिममा संस्थाले सञ्चालनमा ल्याएको सुरुङा,केर्खा,विर्तामोड, बुद्धशान्ति लगायतका सेवा केन्द्रका तीन दर्जन बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । बार्षिकोत्सव समारोहमा संस्थाका सञ्चालक समितिका पदाधिकारी,सदस्यहरु, कर्मचारीहरु ,शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.