झापा, ९ बैशाख । खनाल सेवा समिति जिल्ला समिति झापाले नव वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्नुका साथै भित्तेपात्रोको लोकार्पण गरेको छ ।खनाल सेवा समितिले दमक ५ स्थित दिपीनी आधारभूत विद्यालयमा शनिवार जिल्ला शाखाका पदाधिकारीहरु,स्थानीय तह गाउँ,नगरका पदाधिकारीहरुका उपस्थितिमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै भित्तेपात्रो लोकापर्ण गरिएको हो ।
उक्त कार्यक्रममा खनाल सेवा समिति झापाकी बरिष्ठ उपाध्यक्ष प्रमिला खनाल, खनाल सेवा समिति दमकका अध्यक्ष लीलानाथ खनाल, खनाल सेवा समिति झापा शाखाका पूर्व अध्यक्ष हेमप्रसाद खनाल ,खनाल सेवा समिति मोरङ्गका सचिव सन्तोष खनाल, सदस्यहरु प्रकाश खनाल, नेत्र प्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए ।
भित्तेपात्रो प्रकाशन गर्न खनाल सेवा समिति झापा शाखाका सचिव ओमप्रसाद खनाल (दमक )को संयोजकत्वमा सदस्यहरु प्रमिला खनाल (मेचीनगर),लीलानाथ खनाल अर्जुनधारा,गोबिन्द खनाल (बुद्धशान्ति) बिष्णुप्रसाद खनाल (कमल ) रहेको पाँच सदस्यीय एक उपसमिति गठन गरिएको थियो ।
खनाल सेवा समिति कोशी प्रदेशका अध्यक्ष लेखनाथ खनालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता खनाल सेवा समिति झापाका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षतामा भएको थियो ।
खनाल सेवा समितिले बर्सेनी नयाँ वर्षमा भित्तेपात्रो निकाल्नुका साथै वंश भित्र शुभकामना आदानप्रदान गरिआएको सचिव ओमप्रसाद खनालले बताए ।