मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु

तेह्रथुम,९ बैशाख । मोबाइल चार्ज गर्दा करेन्ट लागेर तेह्रथुमको लालीगुराँस नगरपालिका- ५ दागपामा एक जना बालकको मृत्यु भएको छ । हिजो शनिवार राती साढे ७ बजे स्थानीय कालुबहादुर लिम्बूको ८ बर्षिय छोरा सुदिप लिम्बूलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका बालकको उपचारका लागी ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.