कमलमा टंक राई स्मृति भेट्रान : झिलझिले, इलाम र धुलावारीको विजयी शुरुवात

दमक, ९ बैशाख । झापाको कमलमा सञ्चालित छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झिलझिले भेट्रानसहित विभिन्न तीन भेट्रान फूटवल टिमले विजयी शुरुवात गरेका छन् ।
कमल –५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा गत बैशाख ७ देखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झिलझिलेले पेनाल्टी सुटआउटमा काकड्भिटटालाई हराएको थियो । आयोजक दमक –लखनपुर भेट्रान क्लवका खेल संयोजक मिन मगरका अनुसार दोश्रो दिनको दुई खेलमा धुलावारी र इलाम भेट्रान फूटवल टिमले जितेका छन् । पहिलो खेलमा धुलावारीले विराटनगर र दोश्रो खेलमा इलामले धनकुटालाई हराएको थियो । निर्धारित समयमा गोल हुन नसकेपछि खेल सडनडेथमा धकिलिएको थियो ।
प्रतियोगिता अन्तर्गत आज आइतवारको खेल आयोजक रातो र कन्काई र दोश्रो खेल विर्तामोड भर्सेज उर्लावारी भेट्रान फूटवल टिमका बीच प्रतिष्पर्धा हुने खेल संयोजक मगरले बताएका छन् ।
बैशाख १७ गते सम्म चल्ने सो प्रतियोगितामा पूर्वका चर्चित १८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुनेले एक लाख ११ हजार एक सय एघार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुनेले नगद ५५ हजार ५ सय ५५ पाउने छन् । पुरस्कार मध्ये पहिलो पुरस्कार स्व. टंक राईका परिवारजनले र दोश्रो पुरस्कार क्याप्टेन अजेन तुम्बापोले आफना मातापितााको नाममा प्रायोजन गर्ने क्लवका अध्यक्ष दिवस राईले जानकारी दिए ।
प्रतियोगितामा आयोजकसहित धरान,इटहरी, काकाड्भिटटा,रामधुनी, इलाम ,विर्तामोड,झिलझिले, राजरानी,चन्द्रगढी, उर्लावारी, दुधे, धाइजन, कन्काई, युनाईटेड,विराट ,एभरेष्ट भेट्रान लगायतका क्लवहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published.