दमक,८ बैशाख । इन्ट्रा फाउन्डेसनले भुटानी शरणार्थी प्रभावित मोरङको पथरीशनिश्चरे र दमक नगरपालिकालाई एक÷एक वटा एम्बुलेन्स प्रदान गरेको छ । भुटानी शरणार्थीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा काम गरिरहेको सो फाउन्डेसनले शनिवार पथरीशनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरमा एक कार्यक्रम गरि ती एम्बुलेन्स प्रदान गरेको हो ।
ती दुई एम्बुलेन्स कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुबै नगरपालिकाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।
विभिन्न कारणले विदेशिएका नेपाली भाषीलाई जोड्ने इन्ट्रा फाउन्डेसनले शरणार्थी जीवन बिताइरहेका नोपलीहरूलाई निर्माण गरिएको स्वास्थ्य चौकीको समेत मुख्यमन्त्री कार्कीले उद्घाटन गरे ।
इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले नाफा रहित संस्था इन्ट्रा फाउण्डेसनले संसारका १६ देशमा काम गरिरहेको बताए ।